काठमाडौं । नेकपा एकीकृत समाजवादीमा पदाधिकारीको टुङ्गो लागेको छ । पदाधिकारी चयनमा विवाद उत्पन्न भएपछि निर्वाचन गर्ने निर्णय भएको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए ।
महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी रामकुमारी झाँक्री पराजित भइन् । यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए ।
यस्तै, खुलातर्फ उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।
सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
