काठमाडौं । ‘मिस्टर नेपाल–२०२४’को उपाधि झापाका सन्तोष लोकसम लिम्बूले जितेका छन् । संघीय राजधानी काठमाडौंमा शनिबार भएको ग्राण्ड फिनालेमा आफ्ना ३७ जना प्रतिस्पर्धीलाई उछिन्दै २० वर्षीय सन्तोषले ‘मिस्टर नेपाल’को उपाधि जित्न सफल भएका हुन् ।
उपाधिसँगै सन्तोषले पाँच लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । साथै, सन्तोषले ‘मेन वीथ इलिगेन्स’ सवटाइटल समेत पाए । सो वापत उनले नगद १५ हजार प्राप्त गरेका छन् ।
नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित ‘मिस नेपाल’मा यस वर्ष तीन जनालाई शीर्ष उपाधि दिइएको थियो । तीनजनालाई ‘मिस्टर नेपाल–२०२४’को उपाधि दिएकामध्ये सन्तोष पहिलो भएका हुन् । प्रतियोगितामा आयुष दुलाल र योगेश श्रेष्ठले पनि उपाधि हासिल गरेका छन् ।
‘मिस्टर नेपाल–२०२४’को उपाधि जितेका सन्तोष लिम्बूले आगामी महिना भियतनाममा हुने ‘मिस्टर ग्लोवल–२०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले नेक्स्ट मोडल्स नेपालले सन् २००१ देखि ‘मिस्टर नेपाल’को आयोजना गर्दै आएको हो । प्रतियोगिताको यस संस्करणमा देशभरबाट अडिसनमा छनोट भएका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
