
काठमाडौं । यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ श्रेष्ठलाई प्रदान गरिने भएको हो ।
स्व. गौतमको दोस्रो स्मृति दिवसको अवसरमा असोज २ गते यो पुरस्कार प्रदान गरिने सेन्टरकी अध्यक्ष प्रदिपा गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, उक्त अवसरमा गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई प्रशंसापत्र प्रदान गरिने भएको छ । पुरस्कृत हुने वरिष्ठ पत्रकार श्रेष्ठ पाँच दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
यस्तै, गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा बिर्सन नसकिने व्यक्तित्व रहेको सेन्टरले जनाएको छ । यस्तै, रघु घिमिरेले करेन्ट प्रकाशनहरुका लागि शहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्वपूर्ण घटनाहरुको रिपोर्टिङ उपलब्ध गराएको उल्लेख छ । ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’को राशी एक लाख रुपैयाँ रहेको छ भने प्रशंसापत्रका साथ जनही ५० हजार रुपैयाँ रहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० भाद्र २०८१, सोमबार १०:२९
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
