काठमाण्डौ । सरकारले सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो ।
यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिजो क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१ स्वीकृत गरेका छन् । यो निर्णयसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अरू ठाउँमा पनि क्यान्सर उपचार सेवा विस्तार गर्नेछन् ।
भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा दिनेछ । यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
