काठमाडौं । संक्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र वेपत्ता पारिएका व्यक्तिको छानबिन अयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्केले रिट दायर गरेका हुन् । उक्त रिटमा दर्ताको प्रक्रियामा रहेको र रिट दर्ता र दरपिठबारे अध्ययनपछि निर्णय हुने बताइएको छ ।
विवादित विषयमा दलबिच सहमति जुटाएर अन्तिम रूप दिई अब बस्ने प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेका बेला विधेयकमा रहेका विभिन्न बुँदा नेपालको संविधान, कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको, पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित बनाउने हिसाबले अगाडि बढेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको रिट निवेदनकर्ताले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-14
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
