
काठमाण्डौ । नेपालमा मनसुन भित्रिएको दुई महिनामा बाढी पहिरोलगायतका विपदमा परी एक सय ७३ जनाको ज्यान गएको छ । गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यसयता देशका विभिन्न ठाउँमा बाढीपहिरो लगायतका घटनामा परी हिजोसम्म एक सय ७३ जनाले ज्यान गुमाएका हुन् ।
काठमाण्डौ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ७३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी दुई सय २३ जना घाइते भएका छन् ।
बागमती प्रदेशमा ४१ जना, कोशी र गण्डकी प्रदेशमा दुई–दुई जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकरएक जना गरी जम्मा ४८ जना बेपत्ता छन् । बाढीको कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई महिनाको अवधिमा विपद्का घटनाबाट चार हजार तीन सय २२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २९ श्रावण २०८१, मंगलवार १०:३८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
