
काठमाडौं (एजेन्सी) । प्यालेस्टाइनको विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएपछि मध्यपूर्वमा तनावको डर बढेको छ । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिएका हुन् ।
इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेकाले हानियाको हत्या पनि इजरायलले नै गरेको हुनसक्ने चौतर्फी शङ्का रहेको छ । तर इजरायलले भने औपचारिक प्रतिक्रिया दिएको छैन । हानियाका छोरा र नातिनातिनीलाई पनि इजरायलले यसअघि नै मारिसकेको छ ।
बीबीसीका अनुसार इजरायलले हमासका नेता हानियालाई यसअघि नै हत्या गर्न खोजेको थियो तर उनी कतारमा रहेकाले त्यहाँ हत्या गर्न सम्भव थिएन । त्यसैले हिजो इरानमा रहेको मौकामा मिसाइल प्रहार गरेर हत्या भएको हुन सक्ने जनाइएको छ । यस्तै पटक–पटक इरानमा आक्रमण गर्दै विभिन्न व्यक्तिको हत्या गरेर इजरायलले आफूविरुद्ध लाग्नेहरू कतै पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको खबरमा उल्लेख छ ।
हानिया इजरायलसँगको युद्धविराम र बन्धक रिहाइको वार्तामा संलग्न थिए, उनै हानियाको हत्या भएकाले अब इजरायल र हमासबीच वार्ता कसरी हुन्छ भनेर कतारले प्रश्न सोधेको छ । जोर्डनले हमासका नेताको हत्यालाई कडा शब्दमा निन्दा गर्दै यो घटनाले मध्यपूर्वमा थप तनाव र अराजकता निम्त्याउने बताएको छ । लेबनानले पनि घटनाको निन्दा गर्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।
यस्तै आज मात्रै शपथ लिएका इरानका राष्ट्रपति मसूद पेजेस्कीयनले हानियाको हत्या गर्नेहरू पछुताउनुपर्ने चेतावनी दिएको छ । उनले हानियाको रगतलाई कहिल्यै खेर जान नदिने पनि बताएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामिनीले पनि हानियाको हत्याको बदला लिनु तेहरानको कर्तव्य भएको बताएको छ ।
Sudina Shrestha
प्रकाशित: १७ श्रावण २०८१, बिहीबार ०८:५३
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
