तस्बिर : सामाजिक सञ्जाल
काठमाण्डौ । रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् ।

बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्याएको छ । ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

यस्तै बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

भक्तपुरमा हनुमन्ते नदीमा बढेको पानीको बहावका कारण धेरै तटीय बस्ती डुबानमा परेका छन् । भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह र सूर्यविनायकको राममन्दिर र बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा बाढी पसेको छ ।
यसैगरी मध्यपुर थिमीको राधेराधे, चारदोबाटो सागबारी, गठ्ठाघरको तल्लो बेल्ट ,बालकोट लगायतका ठाउँमा समेत बस्ती डुबानमा परेका छन् । यसअघि डुबानमा नपरेका बस्तीमा समेत ढलबाट खोलाको पानी पस्दा डुबानको समस्या देखिएको छ । सिद्धिस्मृति अस्पतालमा पानी पसेपछि सेवा नै ठप्प भएको छ ।

भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । अहिले बर्षा रोकिएको हुनाले नदीको सतह घटेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-31
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
