
तस्बिर : सामाजिक सञ्जाल
काठमाण्डौ । रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् ।

बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्याएको छ । ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

यस्तै बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

भक्तपुरमा हनुमन्ते नदीमा बढेको पानीको बहावका कारण धेरै तटीय बस्ती डुबानमा परेका छन् । भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह र सूर्यविनायकको राममन्दिर र बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा बाढी पसेको छ ।
यसैगरी मध्यपुर थिमीको राधेराधे, चारदोबाटो सागबारी, गठ्ठाघरको तल्लो बेल्ट ,बालकोट लगायतका ठाउँमा समेत बस्ती डुबानमा परेका छन् । यसअघि डुबानमा नपरेका बस्तीमा समेत ढलबाट खोलाको पानी पस्दा डुबानको समस्या देखिएको छ । सिद्धिस्मृति अस्पतालमा पानी पसेपछि सेवा नै ठप्प भएको छ ।

भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । अहिले बर्षा रोकिएको हुनाले नदीको सतह घटेको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: १६ श्रावण २०८१, बुधबार ०९:०६
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
