
लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छानिएका छन् । लालबन्दी नगर वाङ्मय परिषद्ले आइतबार विज्ञप्तिमार्फत १० कृतिहरूको नाम सार्वजनिक गरेको हो ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।
स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्रा।डा। ध्रुवेशचन्द्र रेग्मीको नेपाली सङ्गीत दरबार, धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्नहरू त बाँकी नै रहन्छन् ।
खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान परेको विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त कृतिहरूमध्ये सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताउनुभयो।
सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति छनोट गरी सिफारिस गरेपछि उक्त कृतिलाई ५० हजार रुपियाँ र प्रमाणपत्रसहित सम्मान गरिने छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ श्रावण २०८१, सोमबार ०९:११
Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

Community-led flood drill strengthens disaster preparedness in Krishnapur

इजरायलद्वारा इरानमाथि सैन्य कारबाहीको उद्घोष

वेस्ट इन्डिजसँग नेपालले टी–२० शृङ्खला खेल्ने
