लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छानिएका छन् । लालबन्दी नगर वाङ्मय परिषद्ले आइतबार विज्ञप्तिमार्फत १० कृतिहरूको नाम सार्वजनिक गरेको हो ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।
स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्रा।डा। ध्रुवेशचन्द्र रेग्मीको नेपाली सङ्गीत दरबार, धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्नहरू त बाँकी नै रहन्छन् ।
खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान परेको विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त कृतिहरूमध्ये सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताउनुभयो।
सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति छनोट गरी सिफारिस गरेपछि उक्त कृतिलाई ५० हजार रुपियाँ र प्रमाणपत्रसहित सम्मान गरिने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-29
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
