काठमाडौं । बाग्मती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धको मौलिक दर्शन’ पुस्तक सार्वजनिक भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकको विमोचन गरेका हुन् ।

विमोचनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताए । प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मथलो मात्रै नभइ बुद्ध दर्शनकोवाहक रहेको बताउँदै भने, ‘यत्तिकै बुद्धले आफ्नो राजकाज छोडेका थिएनन्, यत्तिकै बुद्धले श्रीमती, घर परिवार छोडेका थिएनन्, सुविधा थियो होला त्यो छोडेका थिएनन्, केही सोच नै नभइकन, ज्ञान नै नभइकन घर कसैले छोड्छ । त्यत्तिकै ज्ञान नभइ दरबार छोड्छ । सबै त्याग कसरी गर्नुभयो उहाँले । नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको वाहक पनि हो । भारतका विभिन्न ठाउँमा गएर गर्नुभएको तपस्या, ध्यान, त्यहाँ उहाँले प्राप्त गर्नुभएको ज्ञान, त्यसलाई गर्नुभएको बिस्तार कम छैन ।’

पुस्तकका लेखक शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौ ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन ?जस्ता यावत प्रश्नहरु बौद्ध दर्शनका पाठकहरु समक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने बताए ।

उनले भने, ‘यो पुस्तकमा बुद्धका आधारभूत शिक्षाहरुका बारे उल्लेख गरिएको छ । त्यसैले बुद्धका आधारभूत शिक्षाका बारे जानकारी लिन चाहनु हुने पाठकहरुका लागि ‘बुद्धका मौलिक दर्शन’ नामक यो पुस्तक फलदायी हुने अपेक्षा गरेको छु ।’
पुस्तकको पहिलो भागमा ध्यान अभ्यास गर्नु पूर्व मनन् गर्नुपर्ने विभिन्न विषयहरूका बारेमा चर्चा गरिएको छ ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
