काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
हिजो १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा र खरिददर १३३ रुपैयाँ ६१ पैसा थियो । भारतले बजेटमार्फत पुँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनियम दर भएकाले भारतीय बजारमा तय हुने मूल्यका आधारमा नेपालमा डलरको मूल्य तय हुन्छ ।
फलस्वरुप भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर हुन्छ । नेपाली बजारमा यसअघि २०७९ कात्तिक पहिलो हप्ता डलरको मूल्य १३३ रुपैयाँ १४ पैसासम्म पुगेर रेकर्ड कायम भएको थियो । त्यसपछि घटेर १३० रुपैयाँ हाराहारी रहेकोमा पोहोर असोजदेखि फेरि डलरको मूल्य बढ्न थालेको हो ।
डलर महँगो हुँदा रेमिट्यान्स आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी बढ्छ । तर वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने भएकाले डलर बढ्दा विदेशी मुद्रा सञ्चितीमा दबाब बढ्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
