
काठमाडौं । मिस नेपाल २०२४ का प्रतियोगीहरुले आफ्नो–आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । ट्यालेन्ट शो राउन्ड अन्तर्गत उनीहरुले बिहीवार एक कार्यक्रमबीच कला देखाएका हुन् । मिस नेपालको यस संस्करणमा २६ जना सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगीहरुले नृत्य, गायन, बक्तृत्वकला लगायतका कला प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ‘दि हिडन ट्रेजर’ का अध्यक्ष अजय रत्न स्थापति, पूर्व अध्यक्ष दिवाकार राजकर्णिकार, सूर्वण क्षेत्री र डाईरेक्टरहरु प्रमोद रत्न कंसाकार, सरद कुमार श्रेष्ठ, क्रान्तिमान सिंह र रुपेश प्रधानको उपस्थित रहेका. थियो । साथै मिस नेपाल–२०२३ सृच्छा प्रधान, मिस ईन्टरनेशनल–२०२३ प्रसिद्धी शाह, मिस अर्थ–२०२३ रैजना मजगैयाको उपस्थित रहेको थियो । सो कार्यक्रमको कोरियोग्रफर रचना गुरुङ्गले गरेका थिए भने कार्यक्रमको संचालन रोनिश्मा श्रेष्ठले गरेका थिए ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’द्वारा आयोजित यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले २०८१ साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । हाल प्रतियोगीहरु आत्मविकास सबिन्ध प्रशिक्षणरत छन् ।

यी हुन् फाइनलिस्ट २६ सन्दरी
शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, स्रिमिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर, किम्ती श्रेष्ठ, प्रेरभिता स्वार, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल, सायरा खड्का, अम्बिका राणा, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइराला


























Sudina Shrestha
प्रकाशित: २८ असार २०८१, बिहीबार १९:१६
Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

एमालेमा पुर्वराष्ट्रपतिलाई लगाइएको रोक प्रथम दृष्टिमै वदर योग्य- महासचिव गुरुङ
