काठमाडौँ । नेकपा एमालेले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको जनाएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउनेक्रममा एमाले नेता प्रदीप ज्ञवालीले अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा उचित नभएको बताए । उनल भने, ‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन । अहिले उपधारा ३ कि २ भनेर चलाइएको चर्चा भ्रम फिँजाउनका लागि मात्र भएको हो ।’
उनले योभन्दा अगाडि नै पटक–पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको बताउँदै भने, ‘२०७८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत माग्नुभयो । नेकपा एमालेकै कतिपय सदस्यहरूको अनुपस्थितिका कारण त्यो बेला विश्वासको मतको पक्षमा बहुमत पुगेन । उहाँले (प्रधानमन्त्री) राजीनामा गर्नुभयो । राजीनामा गरेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ (२) अनुसारकै सरकार बनाउन दलहरूलाई आह्वान गर्नुभएको थियो ।’
तर त्यसबेला राष्ट्रपतिले दिएको समयभित्र कसैको पनि माग दाबी भएको थिएन । त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-10
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
