
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ज्यान गुमाउनेमा स्याङ्जामा तीन, पर्वत र काभ्रेमा दुईरदुर्ई, पाल्पा, तनहुँ, उदयपुर र काठमाण्डौमा एकरएक जना रहेका छन् । त्यस्तै तनहुँमा तीन, दाङमा दुई, दोलखा, नवलपरासी र स्याङजामा एकरएक जना बेपत्ता छन् ।
घाइते हुनेमा स्याङजामा पाँच, तनहुँमा चार, ओखलढुङ्गामा दुई र गुल्मीमा एक जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । अरू विभिन्न स–साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ असार २०८१, आईतवार ०९:२७
“केपी ओली बुबाजस्तै हुनुहुन्छ भने बालेन उनका छोराजस्तै”-शेखर वाग्ले

विश्वका करिब एक अर्ब मानिस पानी सङ्कटको चपेटामा

एमसिसी परियोजना फेरि अगाडि बढाउन अनुमति

सम्पर्कविहीन १६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

पोखरीमा डुबेर एक बालकको मृत्यु
