
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने अडानमा कायमै राखेका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका उनले राजीनामा नदिने बरु संसद्मा विश्वासको मत लिने पूर्वअडान कायम रखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो । प्रमुख सत्ता साझेदार एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ ।
अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तर, सरकार अल्पमतमा भएपनि प्रधानमन्त्रीले राजीनामा नदिने सचिवालयका प्रेस संयोजक गोविन्द आचार्यले बताएका छन् । उनले संविधानले दिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने बताए । उनले भने ‘उहाँले राजीनामा दिनुहुन्न ।’
यस्तै बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति तथा श्रममन्त्री डोरप्रसाद अर्याल लगायतसँगको भेटमा पनि आफूले राजीनामा नदिने बरु संसद्बाट विश्वासको मत लिने बताएका थिए ।
रास्वपाका मन्त्रीहरूलाई पनि उनलाई राजीनामा नदिन आग्रह गर्दै विश्वासको मतको सामना गर्न आग्रह गरेका थिए ।
यही असार १७ गते कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
Sudina Shrestha
प्रकाशित: २१ असार २०८१, बिहीबार १४:३८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
