काठमाडौं (एजेन्सी) । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी १८ जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा)का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका सीएनएनले जनाएको छ । तीन पटक लगातार विस्फोट गराईएको थियो ।
शुरुमा विवाह समारोह, दोस्रो पटक जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो । क्यामरुनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा धेरै समयदेखि हिंसा हुँदै आएको छ । विद्रोही समूह बोको हरामसँगको द्वन्द्वका कारण ४० हजार जना मानिस मारिएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
