
काठमाण्डौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले दोस्रोपटक उपाधि जितेको छ । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।
भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए ।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । ओपनर विराट कोहलीलेसर्वाधिक ७६ रन बनाए । दक्षिण अफ्रिकाका केशव महराजा र एनरिर्च नोर्ट्जेले दुई–दुई विकेट लिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा पुगेका थिए ।
Sudina Shrestha
प्रकाशित: १८ असार २०८१, सोमबार ०८:५५
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
