
कमाठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
भाउ बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६६ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेल भाउ लिटरको एक सय ५७ रूपैयाँ पुगेको छ ।
Sudina Shrestha
प्रकाशित: १८ असार २०८१, सोमबार ०८:५१
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
