काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो । साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । यस वर्षको एसईईमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण सबै दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-01
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
