
काठमाडौं । मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि ठूलो वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै झापाको केचनामा एक सय ५४ दशमलव ६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । गएरातिदेखि मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् ।
नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको मौसमविद् सञ्जिव अधिकारीले बताएका छन् । उनका अनुसार आज काठमाण्डौ उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनैभर मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ असार २०८१, बुधबार ०८:३२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
