काठमाडौं । केही समय अघिदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ । त्यही मूल्य घटेको कारण विभिन्न बाहाना बनाई नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले काठमाडौं उपत्यकाभरी पेट्रोलियमको आपूर्ति ठप्प पारेको छ । यसको प्रत्यक्ष मार जनतालाई परेको छ ।
यस्तो हड्ताल पटक–पटक हुने गरेको छ । तर सरकार भने यस विषयमा निरही बनेको छ । सम्झौता गरेर उनीहरुको स्वार्थ पुरा गरिदिन्छन् र तत्कालका लागि समस्या समाधान हुन्छ । तर जनताको हितमा काम गर्ने हो भने यसको स्थायी समाधान सार्वजनिकिकरण गर्नु हो । यो अति आवश्यक भइसक्यो ।
अब सरकारले आफैले देशैभरी पेट्रोलियमको आपूर्ति तथा बिक्रि–वितरण गर्नुपर्छ । सकारले प्रदेश तथा स्थानीय तहको मातह्तमा रहने गरी पेट्रोल पम्पहरु संचालन गर्नु पर्दछ । तब मात्र यहाँ निजि क्षेत्रले गरेको मनपरीको अनत्य हुन्छ ।
प्रहरी कल्याण कोष, शसस्त्र प्रहरी, साझा र नेपाल सेनाले जस्तै काठमाडौं, भक्तपुर र ललिपुर लगायत ७७ वटै जिल्लाका स्थानीय तहहरुले ५–५ वटा पेट्रोल पम्प राख्नु पर्यो । जसबाट केही व्यक्तिहरुले रोजगारी समेत पाउने छन् । जनता सरल सुविधा जनक पेट्रोल पाउने छ र अन्य निजि पेट्रोल पम्पहरुले मनपरीबाट बञ्चित हुन्छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
