काठमडौं । नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने देखिएको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन कोशी प्रदेशमै बढी केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा केही दिनदेखि वर्षा भैरहेको छ । गएरातिदेखि कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ । कोशीबाहेकका अरु ठाउँमा भइरहेको वर्षा मनसुनी वायु र स्थानीय वायुको प्रभावले भैरहेको मौसमविद मानन्धरले बताएका छन् ।
उनकाअनुसार मनसुनी वायु कोशीबाट पश्चिमतिर बिस्तारै सर्ने क्रममा रहेको छ । पानी पर्न थालेपछि काठमाण्डौसहित मध्य र पूर्वी भेगको तापक्रम घट्न थालेको छ । तर मध्य तथा पश्चिम तराईमा भने अझै केही दिन अध्याधिक गर्मीको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । पश्चिम तराईका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि नै छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
