
काठमडौं । नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने देखिएको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन कोशी प्रदेशमै बढी केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा केही दिनदेखि वर्षा भैरहेको छ । गएरातिदेखि कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ । कोशीबाहेकका अरु ठाउँमा भइरहेको वर्षा मनसुनी वायु र स्थानीय वायुको प्रभावले भैरहेको मौसमविद मानन्धरले बताएका छन् ।
उनकाअनुसार मनसुनी वायु कोशीबाट पश्चिमतिर बिस्तारै सर्ने क्रममा रहेको छ । पानी पर्न थालेपछि काठमाण्डौसहित मध्य र पूर्वी भेगको तापक्रम घट्न थालेको छ । तर मध्य तथा पश्चिम तराईमा भने अझै केही दिन अध्याधिक गर्मीको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । पश्चिम तराईका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि नै छ ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८१, मंगलवार ०९:०१
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
