
काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा अर्थतन्त्रका समग्र क्षेत्रमा सुधार आएको दाबीसहित आर्थिक सर्वेक्षण २०८०/८१ सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गरेका हुन् ।
कृषि, यातायात तथा भण्डारण, आवास तथा भोजन, वित्तीय तथा बीमा र पेशागत वैज्ञानिक क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ८७ प्रतिशत रहने सरकारले अनुमान गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ०५ प्रतिशतमात्रै भएको थियो ।
गैरकृषि क्षेत्रतर्फ उत्पादनमूलक उद्योग र निर्माण बाहेक अरु क्षेत्रको उत्पादन बढ्ने अनुमान छ । कृषि क्षेत्रको उत्पादन ३ दशमलव ०५ र गैरकृषि क्षेत्रको उत्पादन वृद्धि ३ दशमलव ७५ प्रतिशत हुने अनुमान छ ।
सरकारले लगानी अभिवृद्धि, कर्जा विस्तार, आयातमा सुधार र पर्यटन आगमन बढ्दै जाने अनुमान पनि गरेको छ । चालु खर्चलाई मितव्ययी बनाउँदै लगे पनि राजश्व सङ्कलनमा अपेक्षित सुधार हुन नसकेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा जलवायु परिवर्तनजन्य घटनामा हुने वृद्धिले सरकारको आकस्मि दायित्व बढ्ने उल्लेख छ । सर्वेक्षणअनुसार औसत आयु बढेको छ भने जनसङ्ख्या वृद्धिदर घटेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ जेष्ठ २०८१, सोमबार ०८:२५
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
