
काठमाडौं । पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ । चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेकोमा अहिले देशको सबैजसो सठाउँमा डढेलो निभेको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको हो ।
आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको थियो । अस्ति र हिजोको पानीले तराई र पश्चिम क्षेत्रकोसमेत डढेलो निभाएको हो । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुले वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेको देखाएका छन् ।
यसअघि सबैजसो केन्द्रमा एक्यूआइ एक सय ५० भन्दा माथि थियो । एक्यूआई एक सय ५० भन्दा माथि जाँदा त्यहाँको हावा अस्वस्थ हुन्छ । यस्तै बादल र वर्षासँगै गर्मी पनि घटेको छ । लामो खडेरीले आजित भएका किसानलाई पानी परेपछि राहत मिलेको छ ।
मौसम पूर्वानुमान् महाशाखाले पर्सि शनिवारसम्म नै पानी पर्ने जनाएको छ । महाशाखाकाअनुसार आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ । आजको तुलनामा भोलि कम पानी पर्ने र पर्सि शनिवार फेरि धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २७ बैशाख २०८१, बिहीबार ०८:२३
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
