
काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विभाजनले कांग्रेससहितको वैकल्पिक समीकरण बनाउने प्रयासमा धक्का लागेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने प्रयासमा लागेको खबर सार्वजनिक भइरहेको बेला जसपा विभाजन भएको हो ।
जसपा विभाजनले वर्तमान सत्ता गठबन्धनलाई भने फाइदा पुगेको छ । एकीकृत समाजवादी र जसपा नेपाल नहुँदा पनि सत्ता गठबन्धनमा बहुमत पुग्ने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र अशोक राई पक्षका जसपाका सात सांसदको समर्थन हुँदा मात्रै पनि सरकारलाई बहुमत पुग्छ । नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई तथा प्रभु साह र दुई स्वतन्त्र सांसदको पनि सरकारलाई समर्थन कायमै छ ।
जसपाका कार्यवाहक अध्यक्ष एवम् सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले नयाँ पार्टी गठनको प्रक्रिया शुरु गरेका छन् । राईले हिजो निर्वाचन आयोगमा नयाँ पार्टी गठनका लागि निवेदन दिनुभएको छ ।
प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेकोमा राईसँगै प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खानले नयाँ पार्टी गठनमा साथ दिएका छन् । नयाँ दलको नाम ‘जनता समाजवादी पार्टी ’ राख्ने निर्णय भएको छ ।
नयाँ जसपाको केन्द्रीय समितिका अध्यक्ष अशोक राई र सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ चयन भएका छन् । यस्तै रेणुकुमारी यादव सह–अध्यक्ष, नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष छन् । मोहम्मद इस्तियाक राई महासचिव, प्रदीप यादव उपमहासचिव, रञ्जु ठाकुर सचिव र वीरेन्द्र महतो कोषाध्यक्ष हुने निर्णय भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ बैशाख २०८१, सोमबार ०८:२२
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
