
काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित तीन जनाले सफाइ पएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, कोषको तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गएको असोज १४ गते तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकोे थियो । अख्तियारले जलहरी राख्ने क्रममा झण्डै डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।
Sudina Shrestha
प्रकाशित: १९ बैशाख २०८१, बुधबार ०८:२६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
