
काठमाडौं । इलाम २ मा नेकपा (एमाले)का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गरे । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका हुन् ।
यस्तै पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । निर्वाचन आयोगका अनुसार पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरे ।
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले झण्डै तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । २०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो ।
Sudina Shrestha
प्रकाशित: १८ बैशाख २०८१, मंगलवार ०८:२४
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
