काठमाडौं । इलाम २ मा नेकपा (एमाले)का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गरे । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका हुन् ।
यस्तै पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । निर्वाचन आयोगका अनुसार पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरे ।
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले झण्डै तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । २०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
