काठमाडौं । मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर रुपियाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) महिनामा नेपालबाट एक खर्ब १३ अर्ब रुपियाँको निर्यात हुँदा झन्डै दोब्बर रकम दुई खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
नौ महिनामा निर्यात तीन प्रतिशतले घटेर एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँमा झरेको छ । नौ महिनामा पेट्रोलियम पदार्थको पेट्रोलियम पदार्थको आयात गत वर्षको तुलनामा घटे पनि कुल निर्यातको तुलनामा झन्डै दोब्बर रहँदै आएको छ ।
गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको माग कम हुँदा आयातमा कमी आएको छ ।
विभागले नौ महिनाको अवधिमा एक खर्ब तीन अर्ब रुपियाँको डिजेल आयात भएको छ । यस्तै सो अवधिमा ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्ब रुपियाँ बराबरको एलपी ग्यास आयात भएको छ। यस्तै १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ ।
चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा सरकारले ७५ अर्ब पाँच करोड ४३ लाख ८३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको पाँच लाख छ हजार १५९ किलोलिटर पेट्रोल आयात भएको छ । सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपियाँ राजस्व प्राप्त भएको सङ्कलन भएको छ ।
यस्तै नौ महिनामा एक खर्ब तीन अर्ब २२ करोड ८४ लाख १५ हजार रुपियाँ बराबरको नौ लाख ८६ हजार ९५० किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार राजस्व प्राप्त भएको छ । नौ महिनाको ४१ अर्ब ७६ करोड ४६ हजार रुपियाँ बराबरको ३९ करोड २३ लाख छ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । जसबापत सरकारलाई सात अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपियाँ सङ्कलन राजस्व आएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ बैशाख २०८१, आईतवार ०८:३३
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि