काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् । राष्ट्र प्रमुखसमेत रहेका थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार नेपाल आउन लागेका हुन् ।
थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन् । थानीले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने उनले बुधबार भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमणका क्रममा केही सम्झौता तथा समझदारी पनि हुने बताइएको छ । उनी बुधबार स्वदेश फर्कनेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
