काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो । अख्तियारले आज विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलबाट २३ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
गएको असोजमा दायर भएको ‘पेमेन्ट गेटवे’ को मुद्दामा उनलाई विशेष अदालतले अस्ति शुक्रवार मात्रै दोषी ठहर गरेको छ । यो मुद्दामा अदालतले आउँदो २५ गते फैसला सुनाउनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
