
काठमाडौं । गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागी हुँदा ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो ।
आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।
यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगी भएको छ । आगलागीका कारण भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।
त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दन गाउँपालिका–६ पडरीमा शुक्रवार भएको आगलागीमा १४ जनाको घरगोठ जलेको थियो । त्यहाँ हिजो फेरि आगो फैलिएको थियो । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ बैशाख २०८१, आईतवार ०८:४९
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
