काठमाडौं । काठमाण्डौमा यही १६ र १७ गते आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारीअनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुई वटा विशेष सत्र सञ्चालन हुनेछन् ।
‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’ सम्बन्धी दुई वटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीन वटा समानान्तर सत्र र हरेक सत्रमा तीन वटा समूहगत छलफल हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ ।
त्यस्तै दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यावसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।
सम्मेलनका लागि एक सय ५० वटा हाराहारी आयोजना ‘सोकेस’ मा लैजाने तयारी छ । सम्मेलनका लागि अब १२ दिनमात्रै बाँकी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयंसेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्वतयारी तीव्र बनाइएको लगानी बोर्डका सहसचिव एवम् प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
हिजो बेलुकासम्म ३१ देशका दुई सय ६० जनाभन्दा धेरै अतिथि सम्मेलनमा आउने पक्का भइसकेको बोर्डले जनाएको छ । लगानी सम्मेलनका क्रममा तीन वटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पीडीए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
