काठमाडौं । आउँदो वैशाख १५ गते प्रदेश सभाअन्तर्गत बझाङ १ (क) मा हुने उपचुनावका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
बझाङ १ (क) मा सत्तारुढ गठबन्धनमा आबद्ध दल पनि आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालय बझाङकाअनुसार उपचुनावका लागि नेपाली कांग्रेसका अभिषेक सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसअघि नै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, नेकपा (माओवादी केन्द्र)का जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उमेदवारी दर्ता गराएका छन् ।
सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगको कार्यसूचीअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।
चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले चैत २७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने छ । बझाङ १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र हुने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
