
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि गएको वर्षको तुलनामा सुधार हुने देखाएको हो ।
गएको आर्थिक वर्ष नेपालको वृद्धि १ दशमलव ९ प्रतिशतमात्रै थियो । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै आउँदो आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
निजी क्षेत्रको लगानी न्यून भए पनि पर्यटन क्षेत्रको पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको वृद्धिलाई सघाउने विश्व बैंकले जनाएको छ । तर भारत, खाडीका देश र मलेसियाजस्ता देशहरूको सुस्त आर्थिक वृद्धिका कारण रेमिट्यान्स र पर्यटन आयमा गिरावट आउन सक्ने जोखिम पनि रहेको विश्व बैंकको निष्कर्ष छ ।
बैंकले व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न आवश्यक रहेको उल्लेख गरेको छ । विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले आर्थिक वृद्धिदर र गरिबी न्यूनीकरणमा सरकारले पुँजीगत खर्च कार्यान्वयनमा जोड दिनुपर्ने, व्यावसायिक मनोबल बढाउनुपर्ने र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनुपर्ने बताए । आउँदो वर्ष दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा धेरै भारतको वृद्धिदर साढे सात प्रतिशत हुने अनुमान छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ चैत्र २०८०, बुधबार ०८:३७
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
