काठमडौं । ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको विवादले झडपको रुप लिंदा दुई जनाको ज्यान गएको छ । हिजो दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा दुई जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सुनसरीको धरान घर भई ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि मात्र प्रहरीले खबर पाएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रक्राउ गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
