काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प अब २४सै घण्टा सञ्चालन हुने भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले सञ्चालन गरिरहेका नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोल पम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् ।
गृहमन्त्री लामिछानेले पेट्रोल पम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै हिजोदेखि पम्पहरू खुला भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसअघि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
