काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले अझै तीन–चार दिनसम्म पानी पर्ने महाशाखाले जनाएको हो ।
आज राति कोशी, बाग्मती र गण्डकीको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ । यस्तै भोलि बिहान मौसम केहीबेर खुल्ने भए पनि दिउँसो बदली हुने महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी क्षेत्रमा पर्सि शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको छ । अबको तीन÷चार दिनसम्मै मौसम बदली भएर छिटपुटदेखि हल्का पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।
महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
