काठमाण्डौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै हिजो उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
कमजोर स्वास्थ्य अवस्थाको कारण देखाउँदै जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा महरालाई नर्भिक अस्पताल भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जनाएको छ । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।
गएको साउन गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ । ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वयम् महराले स्वीकार गरे पनि तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दावी गर्दै आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको तस्करीको सुन छुटाउन कृष्णबहादुर महरा र छोरा राहुलले भन्सार कार्यालयलाई पटक पटक दबाब दिएको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा उल्लेख छ । राहुललाई भने अदालतको आदेशपछि थुनामा पठाइएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको हो । यसअघि भने सिआइबीले बयान कागज गराएर मात्रै छाडेको थियो ।
हिजो जिल्ला अदालत काठमाण्डौले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । महरालाई कपिलवस्तुबाट पक्राउ गरी हिजो काठमाण्डौ ल्याइएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
