काठमाडौं । बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । रुकुम पूर्वबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका बस चालक सुवास गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका विक्रम परियार रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङ र ५ जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको छ । बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सातजनाको घटनास्थलमै र दुईजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
