बाँके । निर्माण शुरु भएको १८ वर्षमा सिक्टा सिँचाइ आयोजनाको काम ४० प्रतिशत मात्रै सकिएको छ । आर्थिक वर्ष २०६२/६३ मा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा सिँचाइ आयोजनाले अहिलेसम्म ४० दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ ।
यो आयोजनाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ काम शुरु भएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए ।
आयोजना शुरु भएदेखि अहिलेसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आयोजना निर्माण गरिएको निर्देशक देवराज निरौलाले बताए । सिक्टा सिँचाइ आयोजना संशोधित गुरुयोजनाअनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
