काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवतरुपमा चिर ठड्याएसँगै होली अर्थात फागु पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।
बसन्तपुरमा आइतबार रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो । चीर ठड्याईसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा–टुक्रासहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ ।
इतअनुसार नै चिर ठड्याउने गरिएको र त्यसपछि विधिवत रुपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरुको भनाइ छ । चन्द्र मास अन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पु¥याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
