
काठमडौं । तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेरसम्म आगो नियन्त्रणमा लाइएको हो ।
फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालका अनुसार आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् ।
आगलागीबाट धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका गाउँपालिकाका अध्यक्ष भेटवालले बताएका छन् । आगलागी पीडितलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले जानकारी दिएका छन् ।
यसैगरी पाँचथरकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ । आगलागीबाट दुईवटा घर जलेका र राति नै आगो निभाइएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।
Sudina Shrestha
प्रकाशित: ५ चैत्र २०८०, सोमबार ०८:१७
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
