चितवन । चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको बस ट्रक ठोक्किँदा एक जनाको ज्यान गएको हो ।
घाइते भएका बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने ३७ वर्षीय गौरी दास उपचारका लागि भरतपुरतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
दुर्घटनामा ट्रक चालकसहित अन्य चार जना घाइते भएका छन् । घाइतेहरु ट्रक चालक वीरगन्ज–२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ता रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
इच्छाकामना–६ जलबिरेस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले चक्का पंचर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । बस चालक नवलपरासी(सुस्तापुर्व) कावासोती–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
