
कैलाली । डडेल्धुराको परशुराम नगरपालिकाका उपमेयर र दुई वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बिहीबार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो । सोही घटनामा निवेदन परेपछि नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपक कार्कीले जानकारी दिए ।
तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्ष तीनै जना माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
Sudina Shrestha
प्रकाशित: २ चैत्र २०८०, शुक्रबार ०८:०४
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ