
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ’चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
साथै उक्त मेलामा इण्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुनेछ । एक्स्पोमा नेपालमा रहेको रूसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ ।
यस्तै बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने बताइएको छ । प्रर्दशनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।
Sudina Shrestha
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०८:४३
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
