काठमाडौं । फलाम तथा स्टिलजन्य उद्योगहरूको अनुगमन गर्नको लागि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले संसदीय उपसमिति गठन गर्ने भएको छ ।
आइतबार बसेको बैठकमा यस्ता उद्योगको गुणस्तर, श्रम सुरक्षा र प्रदूषणका सवालमा गुनासो आएको भन्दै उपसमिति बनाएर अध्ययन तथा अनुगमन गर्ने निर्णय गरेको हो ।
२०७९ असार ६ गते दिएको निर्णय कार्यान्वयन नभएको सवालमा छलफल चलाएको समितिले उद्योग र अर्थमन्त्रालयको लिखित जवाफ माग्ने तथा अनुगमन गर्ने निर्णय गरेको हो ।
समितिले आगामी बैठकमा उपसमिति गठन गर्ने जनाएको छ । यो उपसमितिले यस्ता उद्योगहरूको वर्तमान अवस्थाका विषयमा अध्ययन गर्ने समिति सभापति अब्दुल खानले बताए । गुणस्तरको सवालमा निरन्तर अनुगमन गर्न समितिले नापतौल तथा गुणस्तर विभागलाई निर्देशन पनि दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
