
काठमाडौं । अहिले देशका सबैजसो ठाउँमा मौसमबदली भएर पानी परिरहेको मौसम पूर्वामान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय रहेकोले कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको हो ।
आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
बाँकी भूभागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ । भरे राति कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
आज र भोलि पहाडी भूभागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसम सुधार हुन थाल्ने मौसमविद् रोजन लामिछानेले बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार ०८:२१
बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा : स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल

सल्यान जिप दुर्घटना

Federal Democratic Republic grants right to hold those in power accountable: President

सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णय

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी नेपाल
