
सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको बताएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशलाई पछि बताउँदै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका हुन् ।
उनले भने, ‘कर्णाली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ । पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको छ ।’ मुख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए ।
संघीयताले केही भएन भन्नेहरुले कर्णालीको परिवर्तन हेर्नसमेत सुझाए । उनले बजेट खर्च गर्नका निम्ति खर्च गर्ने कि परिणाम खोज्ने भन्ने विषयमा पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।
Sudina Shrestha
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०८:३०
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
