– युवराज अधिकारी
तिम्रो आगमनले ल्याएको खुशी र मुस्कान
यति छिट्टै दैवले चुँडालिदिन्छ
सोचेकै थिइन,
मेरो खुशी, पिडा र आँशु पनि बुझ्ने
तिमीलाई म कसरी पशु भनुँ
चाहे दुनियाले तिमीलाई पशु भनोस्,
निस्वार्थ मायाको प्रतिमूर्ति तिमी
मेरो दुःखको साथी,
तिम्रो छुनुमुनु र बाल्यपन
यौवनको उन्मादमा पनि
शान्त, कोमल र हृदयस्पर्शी,
तिमीले म टाढा दूरदेशमा रहेको बेला
कसरी चटक्कै छोडेर गयौ
शायद,
अन्तिम छट्पटाहटमा
मलाई खोज्यौ होला,
आँशु बहाएर रोयौ होला
मेरो प्रिय फुच्चे ।
तिम्रो अगाध स्नेह
यतिखेर जलाइरहेछ
तिमी थियौ र त उज्यालो गरायौ मेरो सानो संसार
तिमी थियौ र त मुस्कान थियो मेरो थकित मुहारमा
अब सिर्फ तिम्रो सम्झना,
तिम्रो मायाको झझल्को
तिम्रो लुटुपुटुको याद
शायद, अब सशरीर तिमीलाई
न म माया गर्न सक्छु,
न तिमीले नै मलाई
स्नेही आँखा र पाइलाहरुले मल्हम लाउन सक्छौ,
म घरबाट निस्कँदा
झ्यालको खिड्की वा बार्दलीबाट
परपरसम्म आँखा बिछ्याएर
हेर्ने तिम्रो मायाकोे सागर
अब सदा सदालाई सुकेको छ,
थाकेर थकित भएको बेला पनि तिमीले छोएर माया गर्दा
शान्त बनाइदिने तिम्रो मायाको उच्छवास
सदा–सदालाई हराएको छ ।
निश्चयनै मैले मेरो र परिबारको खुशीकालागि तिमीलाई माया गरेँ हुँला
तर तिमी–तिमी
प्रकृतिको अनुपम सिर्जना “फुच्चे”
सँधै सँधै बिना स्वार्थ
माया गर्यौ र अनायासै टाढा–टाढा भयौ
तर मेरो प्रिय फुच्चे
तिमी मेरो मन र धुकधुकीमा
मेरो परिवारको आँगनीमा
सदा–सदा जीवन्त रहनेछौ
माया के हो रु
मैले तिमीबाट सिक्न पाएको छु ,
जीवन के हो रु
मैले तिमीबाट बुझ्न पाएको छु ,
र टाढा टाढाबाट आज तिम्रो अन्तरात्माको शान्तिको लागि,
भगवानसँग प्रार्थना गर्न सिवाय
के सक्छु र रु प्रिय फुच्चे ।
त्यसैले त यो मन भन्छ,
आँखा उही भए पनि
धरती यही रहे पनि
भोलि के हुन्छ
कसलाई थाहा छ र रु
भोलि के हुन्छ
कसलाई थाहा छ र रु
(लेखक अधिकारीका अनुसार यो कविता फुच्चे र पशु अधिकारकर्मीप्रति समर्पित छ ।)
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
