बनेपा । शब्दयात्रा प्रकाशनले आउँदो चैत महिनामा विभिन्न सम्मानहरू समर्पण गर्ने भएको छ । प्रकाशन उपयुक्त लागेको व्यक्ति वा संस्थाको नाउँ यही २०८० फागुन २० गतेभित्र [email protected] मा पठाइदिन अनुरोध गरेको छ ।
पठाइएका नाउँहरूमध्येबाट चयन समितिले सम्मान गर्नुपर्ने व्यक्ति वा संस्थाको नाउँ चयन गर्ने शब्दयात्रा प्रकाशनले जनाएको छ । चयन समितिले चयन गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्ने शब्दयात्रा प्रकाशनले जनाएको छ ।
(१) शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, (२) शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान, (३) शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, (४) शब्दयात्रा शारदाप्रसाद शर्मा हास्यव्यङ्ग्य सम्मान, (५) शब्दयात्रा हरि गोपाल प्रधान समालोचना सम्मान, (६) शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान, (७) शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान, (८) शब्दयात्रा पद्मकला–भीमप्रसाद भाषासेवा सम्मान जस्ता विभिन्न सम्मानहरु रहेका छन ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०८:११
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
