बनेपा । शब्दयात्रा प्रकाशनले आउँदो चैत महिनामा विभिन्न सम्मानहरू समर्पण गर्ने भएको छ । प्रकाशन उपयुक्त लागेको व्यक्ति वा संस्थाको नाउँ यही २०८० फागुन २० गतेभित्र [email protected] मा पठाइदिन अनुरोध गरेको छ ।
पठाइएका नाउँहरूमध्येबाट चयन समितिले सम्मान गर्नुपर्ने व्यक्ति वा संस्थाको नाउँ चयन गर्ने शब्दयात्रा प्रकाशनले जनाएको छ । चयन समितिले चयन गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्ने शब्दयात्रा प्रकाशनले जनाएको छ ।
(१) शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, (२) शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान, (३) शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, (४) शब्दयात्रा शारदाप्रसाद शर्मा हास्यव्यङ्ग्य सम्मान, (५) शब्दयात्रा हरि गोपाल प्रधान समालोचना सम्मान, (६) शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान, (७) शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान, (८) शब्दयात्रा पद्मकला–भीमप्रसाद भाषासेवा सम्मान जस्ता विभिन्न सम्मानहरु रहेका छन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
